काठमाण्डाै
विश्व कप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिवार भएको पहिलो खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई हराएको छ ।
कतारकाे अल जनाैब रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलले हराएको हो । अस्ट्रेलियाका लागि २३ औँ मिनेटमा माइकल डुकले गरेको गोल नै निर्णायक सावित भयो ।
याे जितसँगै समूह ‘डी’ मा रहेको अस्ट्रेलिया २ खेलमा ३ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । २ खेलमा १ अङ्क रहेको ट्युनिसिया पुछारमा छ । अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४–१ गोलले पराजित भएको थियो । यस्तै ट्युनिसियाले डेनमार्कसँग बराबरी खेलेको थियो ।
समूह ‘डी’ कै फ्रान्स र डेनमार्कको खेल आज राति पौने १० बजे हुनेछ । यस्तै आजको दोस्रो खेलमा समूह ‘सी’ को पोल्यान्ड र साउदी अरेबिया बेलुका पौने ७ बजे खेल्दैछन् ।
आज राति नै अर्जेन्टिना र मेक्सिको पनि खेल्दैछन् । अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो । मेक्सिकोले पहिलो खेल पोल्यान्डसँग बराबरी खेलेको थियो ।
प्रकाशित मिति : शनिबार, मंसिर १० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्