काठमाण्डाै – नेपाली कांग्रेसले समानुपातिक तर्फबाट सांसदहरुको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।
शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले समानुपातिक सांसदहरुको टुंगो लगाउने विषयमा धेरै तलमाथि नरहेको बताउनु भयो ।
उहाँले वरियता क्रम शुरुदेखि नै निर्धारण गरिएको भन्दै समानुपातिकको बन्दसूची बुझाउँदा निर्धारण गरिएको प्राथमिकताालई ध्यानमा राखेर नै सांसदहरुको चयन हुने बताउनु भयो । उहाँले महिलाको एक तिहाई संख्या पुर्याइसकेपछि पुरुषतर्फ पनि आवश्यक्ताअनुसार सांसदहरु चयन गर्ने बताउनु भयो । आजको बैठकले पार्टी सभापतिले अन्तिम समानुपातिक सूची तय गर्ने निर्णय भएको बताउनु भयो ।
प्रवक्ता महतले पार्टी सभापतिले पार्टीका पदाधिकारीहरुसँग थप छलफल गरेर मात्रै समानुपातिक सूचीको अन्तिम टुंगो लाग्ने बताउनुभयो । तर कांग्रेसका केही नेताहरुले भने समानुपातिक सांसदहरुको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापतिलाई दिएकाे निर्णयकाे विराेध गरेका छन् ।
प्रकाशित मिति : शनिबार, मंसिर २४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्