सरकारको स्पष्टीकरण : अध्यादेश अहिलेको आवश्यकता

सरकारको स्पष्टीकरण : अध्यादेश अहिलेको आवश्यकता

काठमाडौं : सरकारले अहिलेको आवश्यकतालाई हेरेर फौजदारी कानुन संशोधन गर्ने अध्यादेश ल्याइएको स्पष्टीकरण दिएको छ।

 

 

आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यस्तो स्पष्टीकरण दिएका हुन्।

उनले मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनसायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मुल धारमा ल्याउने उद्देश्यका साथ अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको बताए ।

उनले यस किसिमका अध्यादेश योभन्दा अघिका सरकारले पनि जारी गरेको बताए।

मन्त्री कार्कीले मुलुकलाई अहिले शान्ति चाहिएकाले सबैको सहयोग र योगदान रहोस् भन्ने उद्देश्यले अध्यादेश ल्याइएको दाबी गरे। आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्न सिफारिस गरेको छ।

यो अध्यादेश जारी भए टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीसहितका गम्भीर अपराधको आरोपमा थुनामा रहेका नेता कार्यकर्ता रिहा हुन सक्नेछन्।

प्रकाशित मिति : सोमबार, मंसिर २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij