तिलोत्तमा,
नगरपालिकाका प्रथम नगर प्रमुख तथा क्षेत्र नम्बर-५ रुपन्देहीबाट प्रतिनिधिसभामा निर्वाचित माननीय बासुदेव घिमिरेलाई तिलोत्तमा नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ। तिलोत्तमा नगरपालिका का नगर प्रमुख रामकृष्ण खाणले पुष्प गुच्छा दिएर बधाई दिदै सम्मान सहित कार्यसफलताको कामना गर्नुभएको हो।नगरप्रमुख खाणले प्रतिनिधिसभामा उपस्थित पुर्व मेयरको बिजयीयात्रा नगरको शान भएकोले सबै बिकाश निर्माण तथा योजनामा सहभागी हुँदै मिलेर काम गर्नुपर्ने बताउनुभयो। उहाँले देश बिकास गर्ने सवाल र आम जनताले सेवा पाउने सवालमा सबै आ आफ्नो तवरबाट एक बद्ध भै मिलेर अगाडी बढ्नु पर्ने बताउनुभयो।
नगर परिसर भित्र एक औपचारिक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाको तर्फबाट सम्मान कार्यक्रम गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो। उहाँले नगरपालिकाको पुर्व मेयरको प्रतिनिधिसभा आगमनले तिलोत्तमा नगरको समेत शिर उचो गराएको जिकिर गर्दै बिकास निर्माण र जना सहभागिताको सवालमा तिलोत्तमालाई सहयोग गर्न आग्रह समेत गर्नुभयो।
सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रथम नगर प्रमुख तथा क्षेत्र नम्बर-५ रुपन्देहीबाट प्रतिनिधिसभामा निर्वाचित माननीय बासुदेव घिमिरेले आफु तिलोत्तमाकै मायाले यो ठाउमा पुगेको र क्षेत्र नम्बर ५ संग संगै समग्र रुपन्देही र तिलोत्तमाको बिकास निर्माण योजना र आपसी सहयोग सदा रहने बताउनुभयो। उहाँले आफूप्रतिको सम्मानले झन् काम गर्ने प्रेरणा मिलेको बताउदै नगरका हरेक क्रियाकलाप र बिकास निर्माण तथा योजनामा सहयोग रहने विश्वास ब्यक्त गर्नुभयो।
कार्यक्रमममा नगरपालिकाका कर्मचारीहरुले पुष्प गुच्छा सहित अबिर लगाइदिदै बधाई तथा कार्यसफलताको कामना सहित सम्मान गरेका थिए।
प्रकाशित मिति : मंगलबार, मंसिर २७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्