सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत

सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत

काठमाण्डाै – निर्वाचन आयोगले मङ्सिर ४ गते भएको प्रदेशसभा सदस्य चुनावको परिणामसहितको प्रतिवेदन सात वटै प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो । आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका राजधानीमा रहेका प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भई छुटाछुटै प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझाउन प्रदेश नम्बर १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिम प्रदेशका आयुक्त डा जानकी कुमारी तुलाधर, मधेस प्रदेशमा आयुक्त सुगन शम्शेर जबरा, वाग्मती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी र कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा आयोगको टोली पुगेको थियो ।

टाेलीले प्रदेशगत चुनावको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेर प्रदेश प्रमुखलाई बुझाएका सहायक प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन चुनावको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनु पर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : शनिबार, पुष २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij