काठमाण्डाै – नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराउनुभएको हो । सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र समर्थक पूर्णबहादुर खड्का रहनुभएको छ ।
यस्तै महामन्त्री थापाको प्रस्तावक नेता शेखर कोइराला बन्नुभएको छ भने समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल रहनुभएको छ ।
कांग्रेस संसदीय दलको नेताको चुनाव पुस ६ गते भाेलि बुधवार हुँदैछ । मतदान बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसरमा हुनेछ
प्रकाशित मिति : मंगलबार, पुष ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्