काठमाडाैं । नेपाल टी–ट्वान्टी क्रिकेट लिग क्रिकेटमा आज पनि २ वटा खेल हुँदै छन् । आजको पहिलो खेलमा फार वेस्ट युनाईटेड र काठमाडौं नाईट्सबीच हुने छ । खेल बिहान सवा ९ बजे सुरुहुने छ । काठमाडौं लगातार दोस्रो जित निकाल्न चाहान्छ ।
काठमाडौंले शनिबार भएको उद्घाटन खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । फार वेस्ट भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा फार वेस्ट लुम्बिनी अल स्टारसँग पराजित भएको थियो ।
आजै हुने दोस्रो खेलमा विराटनगर सुपर किग्सं र जनकपुर रोयल्स बीच खेल हुँदैछ । खेल दिउँसो सवा १ बजेबाट सुरु हुनेछ ।
विराटनगर पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा विराटनगर लुम्बिनी अल् स्टारसँग पराजित भएको हो ।
जनकपुर लगातार दोस्रो जितको खोजिमा हुने छ ।
प्रकाशित मिति : सोमबार, पुष ११ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्