पुस २५ गते संघीय संसदको अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

पुस २५ गते संघीय संसदको अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

file

काठमाडौं : सरकारले संघीय स‌ंसदको बैठक आह्वान गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीले शपथ र पदभार ग्रहण गरेपछि सोमबार बेलुकी मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो। बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारेमा पनि निर्णय गरेको बताएका थिए।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सरकारको औपचारिक निर्णय प्राप्त भएलगत्तै संसदको अधिवेशन आह्वान हुने जानकारी दिए।

संविधानमा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचन पछिको पहिलो अधिवेशनमा संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।

 

प्रकाशित मिति : मंगलबार, पुष १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij