अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेटवार्ता

अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत हाउ यानकीले शिष्टाचार भेटघाट गरेका छन् ।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सोमबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यानकीलाई नेपालको लागि चिनियाँ राजदूतमा नियुक्ति भएकोमा बधाई व्यक्त गरे ।

उक्त शिष्टाचार भेटमा अध्यक्ष तिमिल्सिनाले चीनले गरेको तिब्र आर्थिक बृद्धिबाट नेपालले फाइदा लिनसक्ने बताए ।

‘नेपालको सामाजिक, आर्थिक विकासमा चीनले प्रदान गर्दै आएको सहयोगका लागि कृतज्ञ छौं,’ उनले भने, ‘नेपालमा आगामी मार्च हुने लगानी सम्मेलनमा पनि चीनबाट उच्च लगानीको प्रतिबद्धता आउने अपेक्षा राखेका छौं ।’

अध्यक्ष तिमिल्सिनाले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा नेपाल सहभागी हुने प्रतिबद्धता व्यक्त गरिसकेको बताउँदै यसबाट नेपाल र चीनबीच आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा राखे ।

नेपालको संघीय संसदमा प्रतिनिधिसभाका सदस्य सुभाषचन्द्र नेम्बाङको संयोजकत्वमा नेपाल–चीन मैत्री समूह गठन भएको जानकारी गराउँदै उनले यसले दुई देशका संसदबीचको सम्बन्ध तथा अभ्यासलाई मजबुद बनाउने विश्वास व्यक्त गरे ।

भेटका नवनियुक्त चिनियाँ राजदूत यानकीले नेपालले लिएको एक चीन नीतिको प्रशंसा गर्दै दुई देशबीचको दौत्य सम्बन्ध आगामी दिनमा अझ प्रगढ हुने विश्वास व्यक्त गरे ।

उनले वेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को उद्देश्य चीनसँगै छिमेकी राष्ट्रको विकासमा केन्द्रीत रहेको उल्लेख गर्दै नेपाल यसको महत्वपूर्ण साझेदार मुलुक भएकाले यसबाट अधिकतम फाइदा लिनुपर्नेमा जोड दिए ।

उनले आफ्नो कार्यकालमा चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका लागि कूटनीतिक पहल गर्ने बताए ।

प्रकाशित मिति : सोमबार, पुष ३० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij