बुटवल रुपन्देही लगायतका जिल्लामा चिसो अत्याधिक मात्रामा बढेको छ। चिसोका कारण जनजिवन प्रभावित बनेको छ। चिसो कै कारण सवारी साधन पनि कम मात्रामा गुडेका छन्। बिहानैदेखिको बाक्लो हुस्सुले सवारी साधनहरुले दिउँसै बत्ती बालेर गुडिरहेको देखिन्छ।
चोक तथा चोराहामा यात्रुको चाप घटेको छ भने चोकचोकमा आगोबालेर तापिरहेको दृश्य देख्न सकिन्छ। चिसोका कारण बालबालिका तथा बृद्धबृद्धाहरुको जनजिवन बढी प्रभावित बनेको छ।
अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । केही दिनमै कमजोर प्रकृतिको नयाँ पश्चिमी प्रणाली भित्रिने छ । तर त्यसले खासै प्रभाव नपर्ने मौसमविद बताउँछन् । मौसमविदका अनुसार तत्काल अहिले पानी पर्ने सम्भावना पनि छैन ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिम तराईका धेरै स्थानहरुका साथै मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । यो हुस्सु कुहिरो दिउँसोपख हट्दै जानेछ ।
प्रकाशित मिति : बुधबार, पुष १३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्