काठमाण्डाै – गृह मन्त्रालयले नेपाल टि–२० क्रिकेट लिगका बारेमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
लिग विवादमा परेपछि मन्त्रालयले हिजो एक विज्ञप्ति निकालेर म्याच फिक्सिङ तथा आयोजक सम्पर्क बाहिर रहेको र खेलाडीको पारिश्रमिकमा अनियमिता भएकोबारे आवश्यक छानबिन गर्न भनेको हो ।
‘टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आयोजक सम्पर्क बाहिर गएको, खेलाडीको पारिश्रमिकमा अनियमितता भएको र स्पट फिक्सिङ भएको जस्ता समाचार निरन्तररुपमा आइरहेकाले यस विषयमा के–कसो भएको हो आवश्यक छानबिन गरी जे–जे गर्नुपर्ने हो, यथाशीघ्र गर्नु/गराउनु हुन उपप्रधानमन्त्री तथा गृहमन्त्रीको निर्देशानुसार अनुरोध छ’, मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
गएको पुस ९ गतेदेखि कीर्तिपुर मैदानमा लिग सुरु भएको हो । प्राप्त निर्देशनको आधारमा अनुसन्धान सुरु गरिसकेको प्रहरीको भनाई छ ।
प्रकाशित मिति : बुधबार, पुष २० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्