गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन : प्रवक्ता महत

गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन : प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पाँच दलीय गठबन्धन टुट्नुमा आफूहरू दोषी नभएको बताएका छन्।

 

सत्ताबाट बाहिरिएपछि कांग्रेसले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिक धारणा सार्वजनिक गरेको हो। प्रवक्ता महतले चुनावअघि व्यक्त गरिएको नीतिगत तथा सैद्धान्तिक प्रतिवद्धता विपरीत गठबन्धन तोडेर प्रचण्ड एमालेसँग गठबन्धन गर्न गएको बताए।

आफूहरु वैकल्पिक समर्थन जुटाउन तिर पनि नलागेको भन्दै प्रवक्ता महतले आफूहरू गठबन्धन जोगाएर लैजाने पक्षमै रहेको प्रष्टीकरण दिए।

‘हामी कहीँ कतै पनि विचलित भएनौँ। वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने तर्फ पनि प्राथमिकता दिएनौँ।’ उनले भने, ‘गठबन्धन टुट्नु र प्रचण्डजीले छोडेर जानुमा कांग्रेस दोषी छैन।’

यद्यपि कांग्रेसले नेतृत्व छोडेर प्रचण्डलाई पहिला प्रधानमन्त्री दिने भन्ने विषयमा पनि छलफल गरेर निष्कर्षमा पुग्नेबारे समय प्राप्त नभएको उनको भनाइ छ।

 

प्रकाशित मिति : बुधबार, पुष २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij