विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : अर्थमन्त्री पौडेल

विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : अर्थमन्त्री पौडेल

????????? ??????????????? ??? ??????????? ???????????? ????? ?????? ??????????????? ????? ????? ?????????? ? ?????? : ?????? ???????/ ????

काठमाण्डौ – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ ।

मन्त्रिपरिषद्ले गरेका निर्णय आज शुक्रवार सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो । उहाँले वर्तमान सरकार महत्त्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयारीमा हुनुहुन्छ । पुस २६ गते सरकारले संसदमा विश्वासको मत लिने कार्यक्रम छ । विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।’

अर्थमन्त्री पौडेलले मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकार नागरिक र राष्ट्रका समस्या समाधान गर्ने गरी गतिशीलरूपमा अगाडि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, पुष २२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij