बुटवल
छिमेकी युवतीको विषयमा छोराले चरित्र हुने गरी विषयबस्तु लेखेको विषयमा विवाद उत्पन्न भएर झडप हुँदा बाबुले ज्यान गुमाएको खुलेको छ । बुटवलउपमहानगरापलिका वडा नम्बर १३ नागरिक टोलका ६० बर्षिय यम प्रसाद नेपालका छोराले छिमेकी एक युवतीको विषयमा चरित्र हत्याहुने गरी विभिन्न सामग्री लेखेको भन्दै कुरा गर्नका लागि दुई पक्ष भेला भएका थिए ।
शुक्रबार साँझ विवाद भएको थियो । विवाद पछि झडप हुँदा नेपालको उपचारको क्रममा एडमन्ड सीटी अस्पतालमा निधन भएको हो । उक्त घटनामा संलग्न रहेको अरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ । प्रहरीका अनुसार स्थानीय प्रदीप पाण्डे, खेम पाण्डे, अमृत पराजुली र अनिल पराजुलीलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको हो ।
प्रकाशित मिति : शनिबार, पुष २३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्