JanataToday.com

Advertisment

SKIP THIS

नेपाल–टी–२० क्रिकेट लिग : जनकपुरलाई हराउदै लुम्बिनी फाइनलमा

नेपाल–टी–२० क्रिकेट लिग : जनकपुरलाई हराउदै लुम्बिनी फाइनलमा

काठमाडौँ
जनकपुरलाई हराउदै लुम्बिनी नेपाल–टी–२० क्रिकेट लिगको फाइनल प्रवेश गरेको छ । आइतबार टीयूमा भएको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ विकेटले पराजित गर्दै
लुम्बिनी नेपाल–टी–२० क्रिकेट लिगको फाइनलकाे यात्रा तय गरेको हो ।
लुम्बिनीले पहिले ब्याटिङ गर्दै दिएको १ सय ४४ को लक्ष्यसामु जनकपुरलले सात विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । उसका लागि समिउल्लाह सिनवरीले ४५ रन बनाए ।

त्यस अगाडि लुम्बिनीले आठ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो । त्यसमा इशान पाण्डेले सर्वाधिक ३८ रन बनाए । विपुल शर्माले २० रनको योगदान दिए । त्यस अगाडि उनले दुई विकेट पनि लिएका थिए र ‘प्लेयर अफ द म्याच’ पनि भए ।
जनकपुरल अब दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ ।

इलिमिनेटरमा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्स भिड्दै छन् ।

प्रकाशित मिति : आइतबार, पुष २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij