प्रधानमन्त्री प्रचण्डलाई मत दिन्छौँ तर संसदमा बलियो प्रतिपक्षी बनेर बस्छौँ : देउवा

प्रधानमन्त्री प्रचण्डलाई मत दिन्छौँ तर संसदमा बलियो प्रतिपक्षी बनेर बस्छौँ : देउवा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर प्रतिपक्षमै बस्ने बताउनुभएको छ ।

प्रतिनिधि सभालाई सम्बोधन गर्दै देउवाले संसदमा बलियो प्रतिपक्षी नहुँदा नागरिकका आवाज बुलन्द हुन नपाउने कुरालाई ध्यान दिएर नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने र सरकारका कामलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताउनुभयो ।

‘सरकारलाई सदन र सदनलाई नागरिकप्रति जवाफदेही बनाउनुपर्छ । प्रभावकारी विपक्षी संसदमा नहुँदा नागरिकका आवाज गुञ्जन गाह्रो हुन्छ । सरकारमाथि निरन्तररूपले निगरानी राख्नु सांसदको कर्तव्य हो, त्यसैले हामी सरकारमा सहभागी हुँदैनौँ, संसदमा प्रतिपक्षीको रूपमा बस्छौँ’, देउवाले भन्नुभयो ।

अहिले देशलाई आर्थिक समृद्धि चाहिएको र नागरिकलाई देशमा सरकार भएको अनुभूति दिनुपर्ने अवस्था आएकाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर काम गर्न सहज बनाउने देउवाको भनाइ छ ।

प्रकाशित मिति : मंगलबार, पुष २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij