प्रचण्डलाई प्रधानमन्त्रीमा २ सय ६८ सांसदकाे मत, विपक्षमा जम्मा २ मत

प्रचण्डलाई प्रधानमन्त्रीमा २ सय ६८ सांसदकाे मत, विपक्षमा जम्मा २ मत

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत पाउनुभएकाे छ । आज मङ्गलवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएकाे मतदानमा उहाँले विश्वासकाे मत पाउनुभएकाे हाे ।

मतदानमा प्रधानमन्त्री प्रचण्डकाे पक्षमा दुई सय ६८ मत खसेकाे हाे । त्यस्तै उहाँकाे विपक्षमा दुई मत खसेकाे छ । आज दुई सय ७० सांसद उपस्थित थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाउनुभएको छ । आज मङ्गलवार प्रतिनिधि सभामा भएको मत विभाजनअनुसार प्रचण्डले दुई सय ६८ जना सांसदको मत पाउनुभएको छ ।

दुई सय ७५ सदस्यीय संसदमा आज दुई सय ७० जना सांसद उपस्थित थिए । दुई सय ६८ जनाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको पक्षमा र जम्मा दुई जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले आज विश्वासको मत  लिनुभएको हो ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले पाएको मत ९९ प्रतिशतभन्दा धेरै हो । यसअघि गएको पुस १० गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र गरेर एक सय ६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर आज संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेपछि प्रचण्ड नेपालको इतिहासमै सबैभन्दा धेरै सांसदको समर्थन पाउने प्रधानमन्त्री पनि बन्नुभएको छ ।

आज बिहान बसेको नेपाली कांग्रेसको कार्यसमितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । बैठकले सरकारमा सहभागी नहुने तर विश्वासको मत दिने निर्णय गरेको हो । कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकास शर्मा र नेताहरू अर्जुननरसिंह केसी, प्रदीप पौडेल र प्रकाशमान सिंहले भने प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा फरक मत राख्नुभएको छ । फरक मत राखे पनि पार्टीले जारी गरेको ‘ह्विप’ का कारण उहाँहर”ले प्रचण्डलाई नै मत दिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिनुभएन ।

प्रतिनिधि सभाको अर्को बैठक माघ ५ गते बिहीवार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : मंगलबार, पुष २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij