लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

बुटवल ।

लुम्बिनी प्रदेशका नव निर्वाचित सभामुख र उपसभामुखले शपथ लिएका छन् । सत्ता गठबन्धनबाट सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खांण निर्विरोध निर्वाचित भएका थिए ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो सभामुख र उपसभामुखलाई शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुखले मुख्यमन्त्री र दुईजना मन्त्रीको शपथ भने दाङमा गराएका थिए ।

सभामुखमा घर्तीको एकल उम्मेदवारी परेको थियो भने उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुले उम्मेदवारी दर्ता गरेका थिए । तर उनीहरुले प्रदेश सभा बैठकमा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि खांण मतदान प्रक्रियामा नगई निर्वाचित भएकी हुन् ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लिला गिरी, मन्त्रीहरु चेतनारायण आचार्य र कृष्णा केसी लगायत सत्तारुढ दलका नेताहरुको सहभागिता रहेको थियो । यसअघि माओवादी केन्द्रका प्रमुख सचेतक रहेका घर्ती पाल्पा २ (२) बाट दोस्रोपटक प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् । गुल्मीकी खांण भने समानुपातिकबाट निर्वाचित भएकी हुन् ।

प्रकाशित मिति : बुधबार, माघ ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij