काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने प्रयास गरिराख्ने बताउनुभएको छ ।
बिहीवार सभामुखकाे चुनावपछि संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने प्रयास गरिराख्ने बताउनुभएको हो । उहाँले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोसिस गरिरहेको पनि बताउनुभयो । उपसभामुखको चुनावमा पनि आजकै प्रक्रियाअनुसार सत्ता गठबन्धन अगाडि बढ्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘आज सभामुखको चुनावमा हामी सत्ता साझेदार दलहरू एक ठाउँमा उभियौँ । प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो । प्रतिस्पर्धा भयो । उपसभामुखको चुनाव पनि आजकै प्रक्रियामा हुन्छ ।राष्ट्रपतिको कुरा बाँकी रहेको छ । हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौँ ।’
प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरू एक ठाउँमा उभिएकाले बहुमतले सभामुख निर्वाचित भएको प्रतिक्रिया दिनुभयो ।
प्रकाशित मिति : बिहिबार, माघ ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्