सियारीमा युवा प्रतिभाहरुको खोजी, नवप्रवर्तनात्मक विचार र प्रबिधिको प्रदर्शनी

सियारीमा युवा प्रतिभाहरुको खोजी, नवप्रवर्तनात्मक विचार र प्रबिधिको प्रदर्शनी

 

रुपन्देही
रुपन्देही जिल्ला स्तरीय युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रम अन्तरगत भएको कार्यक्रममा सियारी ७ अमुवाका सुजन पौडेल प्रदेश स्तरीय कार्यक्रमका लागि छनौट हुनु भएको छ ।

सियारी गाउँपालिकाको आयोजना भएको प्रतियोगितामा प्रथम हुदै प्रदेश स्तरीय कार्यक्रमका लागि छनौट हुनु भएको हो । प्रतियोगितामा सियारी ३ का निरङकर भुज द्धतिय हुनु भएको छ भने सियारी ५ का सञ्जय मुराउ तृतिय हुनु भएको छ ।

कार्यक्रममा सहभागिताका लागि रुपन्देहीका सबै स्थानिय पालिका, क्याम्पस, स्कुल तथा १६ देखि ४० बर्ष उमेर समुहका युवायुवतीले भाग लिन सक्ने गरी सियारी गाउँपालिकाले सुचना जारी गरी युवाहरुको नयाँ नयाँ प्रतिभाको खोजी गरेको थियो ।

युवाहरुको प्रतिभाहरुको खोजी गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा सियारी, सुद्धोधन र बुटवलका ७ जना युवा, युवतीले भाग लिएका थिए । कार्यक्रममा भाग लिएका युवायुवतीले आफुले तयार गरेको नवप्रवर्तनात्मक विचार, प्रबिधिको प्रदर्शनी तथा प्रस्तुतीकरण गरेका थिए ।

१६ देखि ४० वर्ष उमेर समूहका युवा लक्षित सशर्त कार्यक्रम अन्तरगत युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रम सञ्चालन सम्वन्धी कार्यप्रकृया २०७८ अनुसार युवा नवप्रवर्तनात्मक विचार प्रदर्शनी तथा प्रस्तुतीकरण गर्न राष्ट्रिय युवा परिषदले सियारी गाउँपालिकालाई छनौट गरेको थियो ।

प्रतियोगितामा प्रथम र द्धितिय स्थान हासिल गरेका प्रतियोगिले प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिनुभयो ।

सियारीमा भएको युवा प्रतिभाहरुको खोजी कार्यक्रमले युवायुवतिको प्रतिभाले सियारीको बिकासमा थप टेवा पु¥याउने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनु भयो । उहाँले सियारी भित्रका युवाहरुले आबिस्कार गरेका प्रबिधिको बिकास, बिस्तार र प्रचार प्रसारमा पालिकाले हालेमालो गर्ने बताउनु भयो ।

गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले युवाहरुलाई प्रतिभावान बन्न आग्रह गर्दै प्रतिभा भएका व्यक्ति अवसरबाट बञ्चित हुन नपर्ने बताउनु भयो । उहाँले सियारीले आयोजना गरेको उक्त कार्यक्रमले युवाहरुको प्रतिभा पहिचानमा महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो ।

प्रकाशित मिति : आइतबार, माघ ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij