पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा – पाल्पामा गएराति टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा गल्याङ्ग नगरपालिका-१ राम्दी, स्याङ्जाका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।

सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका-५ केराबारी नजिकै पाल्पाबाट बुटवलका लागि छुटेको ना ८ ख ७९२४ नम्बरको टिपर सडकबाट खसेको हाे ।

न्यौपानेको शव आज बिहान तिनाउ खेलामा फेला परेको हाे । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, माघ १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij