राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको छ।

 

 

शुक्रबार बसेको पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

‘राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्ने आवाज आएको छ।’ महराले भने, ‘यो हाम्रो कुरा हो, सबै दलसँग छलफल गर्छौं।’

​एमालेलाई दिने सहमति गरेर अहिले यस्तो कुरा गर्दा एमालेलाई धाेका दिएको हुँदैन? भन्ने सञ्चारकर्मीको प्रश्नमा महराले थपे, ‘राष्ट्रिय सहमति एमाले, कांग्रेस सबै दलहरूसँग गर्ने भनिएको हो। एमाले बाहेकको होइन। हामीले एमालेलाई धोका दिएको होइन। राष्ट्रिय सहमति कायम गर्न पहल गर्ने भनिएको हो।’

भएन भने के गर्ने ? भन्ने प्रश्नमा महराले भने, ‘यो हाम्रो कुरा हो सहमति नभए हुँदैन,’ उनले भने।

स्थायी कमिटीको अर्को बैठक माघ १६ गते पुन: बस्ने गरी सकिएको महराले जानकारी दिए।

प्रकाशित मिति : शुक्रबार, माघ १३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij