काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।
मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सभापति लामिछानेले गृह मन्त्रालयकाे जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिएका हुन्।
बालुवाटार स्रोतकाअनुसार सभापति लामिछानेले आफूहरू सरकार ढाल्न सक्ने हैसियतमा रहेकाले आफ्नो भागमा परेको मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्। प्रतिनिधिसभामा रास्वपाबाट १९ जना सांसद रहेका छन्।
‘उहाँहरूले भागबन्डाअनुसार पाएको मन्त्रालय दिनुपर्ने अडान लिनुभयो। गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ। तर, प्रधानमन्त्रीज्यू तत्कालै दिने मनस्थितिमा हुनुहुन्न,’ बालुवाटार स्रोतले भन्यो।
जवाफमा प्रधानमन्त्री प्रचण्डले भर्खरै नागरिकता लिएकाले गृहमन्त्रालयको जिम्मेवारी दिन नसकिने बताएका थिए। माओवादी केन्द्रभित्र रास्वपालाई गृहमन्त्रालय दिन नहुने पक्षमा अधिकांश नेताहरू रहेका छन्।
प्रकाशित मिति : मंगलबार, माघ १७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्