JanataToday.com

Advertisment

SKIP THIS

साफ यू–२० महिला च्याम्पियनसिप : जित्नैपर्ने दबाबसहित भारतसँग खेल्दै नेपाल

साफ यू–२० महिला च्याम्पियनसिप : जित्नैपर्ने दबाबसहित भारतसँग खेल्दै नेपाल

काठमाण्डाै – बङ्लादेशमा चलिरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतीय टोलीसँग प्रतिस्पर्धा गर्दैैछ । राउण्ड रोबिन लिग अन्तर्गत यो नेपालको अन्तिम खेल हो । फाइनलमा पुग्नको लागि नेपालले यो खेल जित्नैपर्छ । नेपाल २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपाल पहिलो खेलमा बङ्लादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई हराएको थियो । भारतसँग पराजित भएमा नेपाल उपाधि होडबाट बाहिरिनेछ । बराबरी खेलेमा बङ्लादेश र भुटानबीचको अन्तिम खेल कुर्नुपर्ने हुन्छ । भारत ४ अङ्क जोडेर शीर्ष स्थानमा छ ।

आज बराबरी खेले पनि भारत फाइनल पुग्नेछ । ढाकामा रहेको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ । राउण्ड रोबिनको अन्तिम खेलमा भुटान र बङ्लादेश खेल्नेछन् । बङ्लादेश ४ अङ्क जोडेर दोस्रो स्थानमा छ ।

भुटान दुई खेलमा अङ्कविहीन रहँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेको छ । प्रतियोगितामा नेपालसहित आयोजक बङ्लादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : मंगलबार, माघ २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij