काठमाडौं : लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले आज सपथ लिर्दैछन्।
सपथ कार्यक्रम दिउँसो १ बजेलाई तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेश सरकारले गठन भएको एक महिनापछि पूर्णता पाएको हो। हिजो साँझ मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएका हुन्।
माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिला मन्त्री, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकास, माओवादी केन्द्रका इन्द्रजित थारू भैतिक पूर्वाधार विकास, एमालेका विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै, माओवादी केन्द्रकी कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, एमालेका तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसअघि मुख्यमन्त्री मुख्यमान्त्री गिरीले गत पुस २८ गते दुई जना बिना विभागीयमन्त्रीसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।
प्रकाशित मिति : आइतबार, माघ २९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्