आज प्रतिनिधिसभा बैठक

आज प्रतिनिधिसभा बैठक

काठमाडा‌ै – आजको प्रतिनिधिसभा बैठकका सम्पत्ति शुद्धिकरण सबन्धी विधेयक प्रस्तुत हुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा  विहान ११ बजेदेखि सुरु हुने बैठकमा पेश हुने सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयक चालु अधिवेशनमा पहिलो विधेयकसमेत हाे ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री धुव्रबहादुर प्रधानले ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९” बैठकसमक्ष पेश गर्नेछन् ।

उनका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ लाई बैठकमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन ।

साथै, कृषि तथा पशपुंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस्” भनी बैठकसमक्ष प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij