आज शेर्पा समुदायको नयाँ वर्ष, ग्याल्पो ल्होसार मनाइँदै, सार्वजनिक बिदा

आज शेर्पा समुदायको नयाँ वर्ष, ग्याल्पो ल्होसार मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं :  नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायले मंगलबार ल्याल्पो ल्होसार मनाउँदै छन्। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होसार मनाउने परम्परा छ।

 

 

मंगलबार २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागिएको हो। यो पटक बाघ वर्ष पूरा गरी खरायो वर्ष आरम्भ हुँदैछ।  ल्होसार मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको बताइन्छ। समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए। व्यक्ति वा समाजअनुसार यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको उनको भनाइ छ।

ल्होसार मंगोल समुदायका विभिन्न जातिले छुट्टाछुट्टै मितिमा मनाउने गरेका छन्। गुरुङ समुदायले पुस १५ मा तमु र तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन्।

ग्याल्पो ल्होसारका अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ।

 

प्रकाशित मिति : मंगलबार, फाल्गुन ९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij