JanataToday.com

Advertisment

SKIP THIS

यू–१९ विश्वकप एसिया छनोट : कुवेतमाथि नेपालको सानदार जित

यू–१९ विश्वकप एसिया छनोट : कुवेतमाथि नेपालको सानदार जित

काठमाडौं
आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतमाथि २४३ रनको विशाल जित हात पारेको छ ।

युएईको मलेक क्रिकेट ग्रउन्डमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०।५ ओभरमा १०० रनमा अलआउट भएको हो ।

कुवेतलाई १०० रनमा अल आउट गर्ने क्रममा आकाश चन्दको ६ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४३ रन खर्चिएका हुन् ।

६ विकेट लिने आकाश युएई जाने अघिल्लो दिन मात्र टिममा समावेश भएका थिए ।

कप्तान गुल्सन झालाई सिनियर टिमबाट रिलिज गर्न प्रशिक्षक मोन्टी देसाईँले नमानेपछि उनको स्थानमा आकाशले अवसर पाएका थिए ।

नेपालका तिव्र गतिका बलर हेमन्त धामी र स्पिनर दिपेश कंडेलले समान २-२ विकेट लिए ।

कुवेतका लागि ओपनर जुड क्रिस्टोफर सल्धनाले सर्वाधिक २६ रन बनाए । उनले २४ बलमा ४ चौका प्रहार गरे । अर्का ओपनर किशोरभाइ हिन्सुलु १६ बलमा १६ रन बनाए । कुवेतका लागि पहिलो विकेटका ३४ रनको साझेदारी नै सबैभन्दा बढीको साझेदारी रह्यो । मोहम्मद रसिकले १९ रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनाएको हो ।

नेपालका लागि विस्फोटक ब्याटिङ गरेका देव खनाल १२५ रनमा आउट भए । ११७ बलको सामना गरेका उनले ९ चौका र ३ छक्का हानेका थिए ।

यस्तै अर्जुन कुमाल १०८ रनमा आउट भए । ११२ बल खेलेका उनले १२ चौका हानेका थिए ।

अर्जुनको करिअरको यो पहिलो शतक हो । उनले गत वर्ष यू(१९ एसिया कपमा बंगलादेशविरुद्धको खेलमा डेब्यू गरेका थिए ।

गण्डकी प्रदेशबाट खेल्ने उनले घरेलु क्रिकेटमा पनि सानदार प्रदर्शन गर्दै आएका छन् ।

विशाल विक्रम केसी २३ तथा दीपक बोहरा १९ रनमा आउट भए । ओपनर दीपक बोहोराले १३ रन बनाए । आकाश त्रिपाठी र सुवास भण्डारी २ रन बनाउँदै आउट भएका थिए ।

दीपकप्रसाद डुम्रे २० र दिपेश कँडेल २ रनमा नटआउट रहे ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij