JanataToday.com

Advertisment

SKIP THIS

यूएईमा जारी आईसीसी अन्डर–नाइन्टिन पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले हङकङसँग खेल्दै

यूएईमा जारी आईसीसी अन्डर–नाइन्टिन पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले हङकङसँग खेल्दै

काठमाडौं : यूएईमा जारी आईसीसी अन्डर–नाइन्टिन पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले हङकङसँग खेल्दै छ।

 

 

यसअघिका दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल आज लगातार तेस्रो जितको खोजीमा छ।

नेपाल र हङकङबीचको खेल बिहान पौने ११ बजे सुरु हुनेछ। नेपालले पहिलो खेलमा शुक्रबार सिंगापुरलाई र दोस्रो खेलमा शनिबार कुवेतलाई पराजित गरेको थियो।

हङकङ भने दोस्रो जितको खोजीमा रहेको छ। पहिलो खेलमा कुवेतलाई पराजित गरेको हङकङ दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो। प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता छ। नेपालले भोलि मलेसियासँग खेल्नेछ।

 

प्रकाशित मिति : सोमबार, फाल्गुन १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij