काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले आज मलेसियासँग खेल्दैछ । नेपालले आज आफ्नो चौथो खेल खेल्न लागेको हो ।
खेल बिहान सवा ११ बजे यूएईको मलेक मैदानमा सुरु हुनेछ । हिजोको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित निकालेको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले हराएको थियो । नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ ।
नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले आउँदो वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन १६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्