८ दलको बैठक बालुवाटारमा बस्दै

८ दलको बैठक बालुवाटारमा बस्दै

काठमाडौं : राष्ट्रपति निर्वाचनमा एकजुट भएका आठ दलको बैठक आज बस्दै छ।

 

 

पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज ८ दलीय गठबन्धनको बैठक बोलाएको हो। बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकले पछिल्ला राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल गर्ने बताइएको छ। राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका माओवादी एकीकृत समाजवादी लगायतका ८ दलले आजको बैठकमा उपराष्ट्रपतिकाे नाम टुंगो लगाउने जनाएको छ।

उपराष्ट्रपति जनता समाजवादी पार्टीले पाउने सहमति गरेका दलहरुले उम्मेदवारको नाम टुंगो लगाउने जनाइएको छ।

 

प्रकाशित मिति : आइतबार, फाल्गुन २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij