हरियाली प्रवर्द्धन तथा नियमित सरसफाईको १०० औं दिन पूरा भएसँगै तिलोत्तमा अब “नो हर्न नगर”

हरियाली प्रवर्द्धन तथा नियमित सरसफाईको १०० औं दिन पूरा भएसँगै तिलोत्तमा अब “नो हर्न नगर”

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १०० औं दिन पूरा भएसँगै अब ‘नो हर्न नगरपालिका’ घोषणा हुने भएको छ । आगामी चैत्र १ गते पूरा हुने १ सयौं दिनको संस्करण अन्तरगत सोही दिन तिलोत्तमालाई ‘नो हर्न नगर’ घोषणा गरिने भएको हो ।

सप्ताहव्यापी कार्यक्रमसहित अभियानको सयौं दिनको संस्कर मनाउँन लागेको तिलोत्तमाले  बुधबार पत्रकारसँग अन्तरक्रिया गर्दै कार्यक्रम बारे जानकारी गराइएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत फागुन २५ गते टेलिभिजन बहस कार्यक्रम, २६ गते विद्यालय स्तरीय वक्तृत्वकला तथा कला प्रदर्शनी प्रतियोगिता, २७ गते नगर स्तरीय सरसफाई र रक्तदान कार्यक्रम गरिने नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिए । यसैगरी फागुन २८ गते सामुदायिक/संस्थागत विद्यालय तथा कलेज परिसर र शौचालय सरसलाई, २९ गते आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सहकार्यमा लक्षित समुदायलाई १ हजार थान कम्पोष्टविन वितरण र ३० गते मानव साङ्लोसहित सिक्सलेन सडक सरसफाई गरिने उनले बताए ।

शृङ्खलाको १ सयौं दिन चैत्र १ गते मुल समारोहसहित भव्यताकासाथ कार्यक्रम गरिने तिलोत्तमाकी उप प्रमुख जगेश्वर देवी चौधरीले बताइन् । मुल समारोहमा विभिन्न जातजाती तथा साँस्कृतिक झाँकी प्रदर्शन तथा अभियानमा सहभागी व्यक्तिहरुलाई सम्मान गरिने भएको छ । सोही दिननै नगरमा कुहिने र नकुहिने फोहोर अलग-अलग उठाउने कार्यक्रमको सुरुवात गरिने चौधरीले जानकारी दिइन् ।

तिलोत्तमाका १९९ टोल बिकास संस्था मार्फत हरियाली प्रवर्द्धन तथा सफाई अभियान सञ्चालन गरिएको सयौं दिनको शृङ्खला मुल समारोह व्यवस्थापन समितिका संयोजक तथा कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए । नगरमा हाल ४० जना सरसफाईकर्मीद्वारा फोहर संकलनको काम भैरहेको तथा १७ वटै वडामा फोहरमैला संकलन तथा व्यवस्थापन हुँदै आएको उनले बताए । तिलोत्तमामा हाल दैनिक २८ टन कुहिने तथा नकुहिने फोहर उत्सर्जन हुँदै आएको छ ।

बुधबार आयोजित अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले सचेतना सम्बन्धि प्रचार प्रसारलाई थप वृहत र व्यवस्थित गराउन सुझाब दिए । यसैगरी छिमेकी पालिकाहरुसँग पनि समन्वय गरि अघि बढ्न सके अभियानले सार्थकता पाउने उनले बताए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij