काठमाण्डाै – नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति बनेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको बताउनुभएको छ ।
बिहीवार आज राष्ट्रपति चुनावका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानको अक्षरशः भावनालाई इमानदारितापूर्वक पालना गर्नेकुरामा आफूलाई समर्पित गर्ने प्रतिबद्धता जनाउनु भयो ।
पौडेलले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरामा आफू सचेत रहेकाले त्यहीअनुसारको व्यवहार हुने बताउनु भयो । उहाँले आफू सबैको माया पाएर राष्ट्रपति बन्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य हो मेरो । संविधानको अक्षरशः भावनालाई इमानदारितापूर्वक पालना गर्नेकुरामा आफूलाई समर्पित गर्छु । गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरा म सचेत छु । सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु।’
पौडेलले राष्ट्रपति चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगरेर आफैँ सहयोग गरेको बताउनु भयो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्