संसद चल्न नदिने कांग्रेस संसदीय दलको निर्णय, सत्तापक्ष-प्रतिपक्ष मुठभेडको खतरा

संसद चल्न नदिने कांग्रेस संसदीय दलको निर्णय, सत्तापक्ष-प्रतिपक्ष मुठभेडको खतरा

काठमाडौँ – कांग्रेस संसदीय दलको बैठकले आफ्ना माग पूरा नभएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न संसदीय दलको बैठकले केहीबेरपछि बस्ने संसद बैठकमा शशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।

आफ्ना नेता गिरिजाप्रसाद कोइराला र शुसिल कोइरालाका नाममा रहेका अस्पताल सरकारले खारेज गर्न खोजेको र डा. केसीसँगको सम्झौता विपरित चिकित्शा शिक्षा विधेयक पारित गर्न खोजेको भन्दै कांग्रेसले संसद बैठक अबरुद्ध पारिरहेको छ ।

उसले केहीबेरमा बस्ने बैठकमा पनि अवरोध गर्ने निर्णय गरेको हो । सत्तापक्षले भने आज विधेयक पारित गराएर छोड्ने घोषणा बिहिबार गरिसकेको छ । सत्तारुढ र प्रतिपक्षी दल आक्रामक बनेपछि शुक्रबारको संसद बैठकमा पनि मुठभेडको खतरा छ ।

यस्तै संसद (प्रतिनिधि सभा) बैठक शान्तिपूर्ण रूपमा सञ्चालनका लागि सभामुखको पहलमा अहिले संसद भवन वानेश्वरमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपनेता विजय गच्छेदार, प्रमुख सचेतक बालकृष्ण खाँड, सत्ता पक्ष नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ, कानूनमन्त्री भानुभक्त ढकाल र उपसभामुखबीच बैठक चलिरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ ११ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij