काठमाण्डाै – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीकाे फिक्कल गाउँपालिका–४ कुइभिरडाँडामा बस दुर्घटना हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । १९ जना घाइते भएका छन् ।
ओखलढुङ्गाबाट काठमाण्डौका लागि छुटेकाे बा २ ख ६५९६ नम्बरको बस आज बिहान ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हाे । प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले दुर्घटनामा दुई जना महिला, दुई जना पुरुष र एक जना बालककाे ज्यान गएकाे जानकारी दिनुभयाे ।
घाइते भएका १९ जनाकाे खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताउनु भएकाे छ ।
दुर्घटनाको थप जानकारी आउन बाँकी रहेकाे उहाँले बताउनु भयाे ।
प्रकाशित मिति : आइतबार, फाल्गुन २८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्