स्ववियु निर्वाचन : आज मध्यरातदेखि मौन अवधि

स्ववियु निर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि बिहीबार राति १२ बजे मौन अवधि सुरु हुँदैछ। उम्मेदवारले राति १२ बजेपछि प्रचारप्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाउने छैनन्।

यो पटकको निर्वाचनमा स्ववियु आचारसंहितामा कडाइ गरेकाले उम्मेदवारले पर्चा, पम्प्लेट एवं माइकिङ गर्न पाएका छैनन्। प्रचारप्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने गरी आचारसंहिता बनाएपछि निर्वाचनमा योपटक तडकभडक देखिएको छैन।

उनीहरूले विद्यार्थीसँग भेटेरै र सामाजिक सञ्जालको माध्यामबाट भोट मागिरहेका छन्। आचारसंहितामा निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ। त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ।

कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित बनेको छ भने केही क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेका छन्। उपत्यकाका त्रिचन्द्र, आरआर, पाटन संयुक्त र विश्वभाषा क्याम्पसमा भने विवादका कारण निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन।

प्रकाशित मिति : बिहिबार, चैत्र २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij