काठमाण्डाै – नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार माओवादी सशस्त्र द्वन्द्वका क्रममा मारिएका शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
गएको फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका शहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर शहीदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त अभिलेखका आधारमा शहीदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ । जनयुद्धका शहीदहरूले राष्ट्रिय शहीदको मान्यता पाउनुपर्ने माग यसअघि उठ्दै आएको थियो ।
राजपत्रमा प्रकाशित भएपछि जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएकाले राष्ट्रिय शहीदको मान्यता पाएका छन् । राष्ट्रिय शहीदका परिवारले यसअघि शहीद घोषणा भइ राज्यबाट प्राप्त गरेको सरह क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।
प्रकाशित मिति : शनिबार, चैत्र ४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्