नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार निर्माणमा उपप्रधानमन्त्रीको हुल बनाउने कुरा गलत भएको बताएका छन्।
नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केसीलाई पत्रकारहरुले अबको मन्त्रिपरिषद् कस्तो हुनुपर्छ भनी प्रश्न गरेका थिए। उनले मन्त्रिपरिषद् गठनमा संविधानले सिमा तोकेको भएपनि उपप्रधानमन्त्रीको हुल बनाउने क्रम बढ्दै जानु गलत भएको टिप्पणी गरे।
‘पहिले कहिले ४९ कहिले ५९ जनासम्म मन्त्री भएको इतिहास छ, अहिले संविधानले त्यसलाई सिमावद्ध गरिदिएको छ त्यो राम्रो पक्ष छ,’ उनले भने, ‘यो उपप्रधानमन्त्रीको हुल जुन ढंगले गर्ने परम्परा चलेको छ, त्यो चाहिँ गलत हो।’
केसीले अहिलेको निर्वाचन पद्धतीमा बहस गर्नुपर्ने अवस्था आएको बताए। अहिलेको समानुपातिक पद्धतिले नेतृत्वका वरपरका मान्छेले मात्र अवसर पाएको भन्र्दै प्रतिस्प्रधात्मक समानुपातिकको व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
‘निर्वाचन पद्धतिमा गम्भीर रुपले सोच्नुपर्ने आवश्यकता छ, समानुपातिकमा जनतासँग पटक्कै सरोकार नभएका र नेतृत्वको वरपर घुम्ने मान्छेले अवसर प्राप्त गर्ने हुन्,’ केसीले भने, ‘ठीक छ समानुपातिकरुपले प्रतिनिधित्व गराउनुपर्छ भनेपनि निर्वाचनको माध्यमबाट होस् समानुपातिको लागि छुट्टै क्षेत्रको व्यवस्थापन हुनुपर्छ।’
उनले राष्ट्रिय सभामा समानुपतिक प्रणाली व्यवस्था गर्न सकिने धारणा राखे।
नयाँ गठबन्धनबाट न्यूनतम् साझा कार्यक्रम कस्तो आउला भनेर जनताले पर्खेर बसेको भन्दै जनताका समस्या सम्बोधन हुने खालका कार्यक्रम आउनुपर्ने उल्लेख गरे।
कांग्रेस कसको नेतृत्वमा सरकारमा जाने भन्ने कुरा प्रधानमन्त्रीले विश्वासको मत लिएर पार्टीको बैठक बसेपछि टुंगो लाग्ने बताए ।
प्रकाशित मिति : शनिबार, चैत्र ४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्