तिलोत्तमा नगरपालिकाद्धारा रोजगार सूचना मेला सम्पन्न शिपयुक्त १ सय जना र रोजगारदाता बिच कामको सम्झौता

तिलोत्तमा नगरपालिकाद्धारा रोजगार सूचना मेला सम्पन्न शिपयुक्त १ सय जना र रोजगारदाता बिच कामको सम्झौता

बुटवल,
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एक दिने वृत्ति मार्ग निर्देशन तथा रोजगार सूचना मेला शनिबार सम्पन्न गरेको छ । नगरबासीलाइ रोजगारीमा जोड्नकालागि सहजकीरण गर्ने उद्येस्यले संचालित एक दिने मेलामा तीन हजार बढी सहभागी भएको नगरपालिकाले जनाएको छ । मेलामा १ हजार ८ सय जनाले रोजगारीको माग गर्दै फाराम भरेका छन । रोजगारीको आवेदन सहित मेलामा पुगेकाहरु मध्ये सिपयुक्त एकसय जना लाइ बिभिन्न रोजगार कम्पनीले जागीरकालागि सम्झौता गरेका छन ।
तिलोत्तमाको मंगलापुरमा संचालन गरीएको मेलामा सीपमुलुक तालिम तथा रोजगारीका विभिन्न अवसरबारे जानकारी,सीपको प्रमाकिरण,युवायुवतीहरुलाइ करियार निर्माणकालागि आवश्यक परामर्स प्रदान गरीएको रोजगार मेलाका संयोजक गणेश पाठकले बताए ।
रोजगार सूचना मेलाको उदघाटन गर्दै नगरप्रमुख रामकृष्ण खाणले रोजगारी श्रीजनाका सम्भावना र उद्यमशीलताको विकासकालागि नगरपालिकाले एक दिने वृत्ति निर्देशन तथा रोजगार सूचना मेलाको अयोजना गरेको बताए । नगरवासीको जीवनस्तर माथि नउठे सम्म नगरको विकास र समृद्धि सम्भव नभएको भन्दै उनले स्थानीय जनशक्ति,श्रम,उत्पादन र आवश्यकता पहिचानकालागि मेला उपलब्धीमुलक हुने विश्वास व्यक्त गरे । ‘यो मेला मार्फत नगरमा बेरोजगारीको अवस्था कस्तो छ,उनीहरुकालागि आवश्यक सिप मुलक कार्यक्रम कस्ता ल्याउनु पर्छ भन्ने जानकारी लिइने छ । दक्ष जनशक्ति र रोजगारदाता विच पुलको काम गरेर तीनलाइ रोजगारीमा जोडन सकिने’ नगरप्रमुख खाणले भने । कृषिलाइ प्रविधिसंग जोड्दै कृषि उद्यमको विकास गर्ने,शिप मुलक तथा प्राविधिक शिक्षा मार्फत युवायुवतीहरुलाइ स्वरोजगार उन्मुख बनाउने योजनाहरु अगाडी सारेको उनले बताए ।
कर्याक्रममा बोल्दै उपप्रमुख जागेश्वरी देवी चौधरीले मेलाकै माध्यमबाट बेरोजगार युवायुवतीलाइ रोजगारीमा जोडन सहजीकरण हुने बताइन । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नारायण अर्यालले इन्स्योर परियोजनाको सहयोगमा आयोजित रोजगार सूचना मेला मार्फत युवायुवतीहरुलाइ वृत्ति परार्मश प्रदान गर्नुकासाथै दक्ष जनशक्ति उत्पादन र शिपयुक्त जनशक्तिलाइ रोजगारीमा लग्न प्रोत्साहन गरीने बताए । मेला संयोजक तथा वडा नं. ६ का वडाध्यक्ष गणेश पाठकले सीप भएर पनि जागीर नपाएर विदेसिन बाध्य भएकाहरुलाइ स्वदेशमै राख्ने उद्येस्यले नगरक्षेत्रका उद्योग,कलकारखाना तथा सेवा क्षेत्र र रोजगारीको खोजीमा रहेकाहरुलाइ मेला मार्फत एक आपसमा जोडेको बताए ।
मेलामा नगरबासीले भरेका आवेदनका आधारमा उनीहरुलाइ आवश्यक सिप परामर्स प्रदान गरीनुका साथै सिपयुक्त जनशक्ति र रोजगारदाता विच समन्वयकारी भुमिका खेल्ने नगरपालिकाले जनाएको छ । कार्यक्रममा मेला सहसंयोजक रवि सेन्चुरी, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधि खनाल(माधव), तिलोत्तमा चेम्बर अफ कर्मसका अध्यक्ष बाबुलाल भुसाल,शिक्षा शाखा अधिकृत शारदा भट्टराइ लगायतले बोल्दै स्थानीय सरकारले सीप र अवसरको र्सिजना गर्दै जनशक्ति विदेश पलायनलाइ रोक्न विशेष योजना ल्याउनु पर्नेमा जोड दिए

प्रकाशित मिति : शनिबार, चैत्र ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij