काठमाडौंः नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले निषेधको राजनीति सुरु गरेको बताएका छन्। सरकारले थालेको निषेधको राजनीतिमा सभामुख कृष्णबहादुर महराले सरकारको आदेश पालक जस्तो भएर सहयोग गरेको उनले बताए। थापाले अमुख मेडिकल कलेज खोल्ने उदेश्यसहित चिकित्सा शिक्षा विधेयक पारित भएको उनले बताए।
साथै उनले आज सदनमा भएको काम कारबाही नहुनु पर्ने तरिकाले बताएको बताए। समाजवाद ल्याउने सरकारले सरकारी स्वास्थ्य संस्था खोल्ने कुरालाई कुल्नेर विधेयक पारित गरेको उनले बताए। उनले आजको गतिविधि सरकार र सभामुख दुबैका लागि महंगो पर्ने बताए।
थापाले अब कांग्रेसले सदन र सडक दुबै ठाउँबाट आन्दोलन गर्ने बताए। ‘सरकारले निषेधको राजनीति सुरु गरेको छ, सभामुख आदेश पालक जस्ता देखिएका छन्,’ उनले भने, ‘यसको जवाफ हामीले दिन्छौँ।’ संसदमा आज नेपाली कांग्रेसको अवराेधका बीचमा चिकित्सा शिक्षा विधेयक पारित भएको छ।
प्रकाशित मिति : शुक्रबार, माघ ११ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्