आज ५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस

आज ५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस

काठमाडौं – ५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

 

 

यो दिवस, सन् १९६० को दशकमा ल्याटिन अमेरिकी मुलुुकमा गोरा शासकहरूद्वारा लादिएको उपनिवेशवाद, जातिभेद तथा रङविरोधी संघर्षमा मारिएकाहरूको सम्झनामा मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९६६ मा २१ मार्चलाई ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’का रूपमा मनाउन अन्तर्राष्ट्रिय जगतलाई आह्वान गरेको थियो ।

नेपालमा सन् २००१ देखि यो दिवस मनाईंदै आएको छ । नेपालले सन् १९७१ मा यसलाई पक्ष राष्ट्रको रुपमा अनुमोदन गरेको थियो । २०६२/०६३ मा लोकतन्त्र बहाली भएपछि २०६३ साल जेठ २१ मा पुन:स्थापित प्रतिनिधिसभाको बैठकले नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गर्‍यो। त्यसको पाँच वर्षपछि  २०६८ जेठ १० गते ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ संसदबाट पारित भएको थियो।

जातीय विभेद गर्नु कानुनतः दण्डनीय भएपनि व्यावहारिक रूपमा कानून कार्यान्वनयन फितलो हुँदा दलित समुदायले विभेद खेपिरहेका छन्।

प्रकाशित मिति : मंगलबार, चैत्र ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij