काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ।
मंगलबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा सहभागी हुने विषयमा गृहकार्य गर्न अध्यक्ष नेपालको नेतृत्वमा उपाध्यक्षहरू प्रमेश हमाल र वेदुराम भुसालसहित कार्यदल गठन गरेको हो।
उक्त कार्यदलले गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनले मन्त्रालयको विषयमा कुनै निष्कर्षमा पुग्न नसकेको बताए। तर समाजवादीले गृह मन्त्रालयसहित महत्वपूर्ण तीन मन्त्रालय दाबी गर्दै आएको छ।
प्रकाशित मिति : मंगलबार, चैत्र ७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्