लुम्बिनी सरकारबाट बाहिरियो माओवादी

लुम्बिनी सरकारबाट बाहिरियो माओवादी

काठमाडौं – नेकपा माअ‍ोवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। आइत्बार माओवादीका मन्त्रीहरूले मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकारबाट राजीनामा दिएका हुन्।

 

 

गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको थियो।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्‍यवस्था छ। लुम्बिनीमा सरकार गठनका लागि ४४ सिट आवश्यक पर्छ। माओवादी केन्द्रको १० सिट घटेसँगै गिरीलाई सरकार टिकाउन सजिलो छैन।

अब नयाँ गठबन्धनको सरकार बन्ने सम्भावना रहेको छ। नेपाली कांग्रेसले सरकारको नेतृत्व लिने सम्भावना छ।  सरकार गठनका लागि नयाँ गठबन्धनसँग स्पष्ट बहुमत छ।

प्रकाशित मिति : आइतबार, चैत्र १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij