बुटवल- बिश्व हिन्दु महासंघ, नेपाल राष्ट्रिय समितिको आठौं महासभा तथा अधिबेशन आगामी चैत्र २१ र २२ गते पश्चिम नवलपरासीको भुमही र बुटवलमा सम्पन्न हुने भएको छ । नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणाको मागलाई बिश्वब्यापी बनाउने अभियानसहित पहिलो दिनको महासभा भुमहीस्थित हिन्दु महासंघको केन्द्रिय भवन निर्माणस्थलमा आयोजना गरिँदै छ भने दोश्रो दिनको अधिबेशनलगाएत बन्दसत्र बुटवलमा गर्ने निर्णय गएिको छ ।
आठौं महासभा तथा अधिबेशन भब्यरुपमा सम्पन्न गर्न आयोजित तयारी समितिको आज बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै बिश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले नेपाल सनातन हिन्दु राष्ट्र घोषणा भएरै छाड्ने दृढता ब्यक्त गर्नु भयो । जनताको चाहाना र भावना बिपरित अनावश्यक रुपमा नेपालमा धर्म निरपेक्षता जवरजस्ती लादिएको दावी गर्दै नेपाललाई राजनैतिक र सामाजिक रुपमा स्थिरता र मौलिक बिकासका लागि सनातन हिन्दु राष्ट्र नेपाल घोषणा हुनपर्ने बताउनु भयो
नेपाल राष्ट्रिय समितिका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष बेनबहादुर पौडेल क्षेत्रीले बिश्व हिन्दु महासंघको अभियानलाई साकार पार्न जस्तोसुकै आन्दोलन गर्नपनि तयार रहेको उल्लेख गर्दै राष्ट्र बिरोधी देशी बिदेशी शक्तिको ईसारामा मुलुकलाई अराजकता र अस्थिरता तर्फ धकेल्ने काम भैरहेको आरोप लगाउनु भयो । केन्द्रिय उपाध्यक्ष दघिराम शर्मा बस्याल, सचिव देवराज भण्डारी, केन्द्रिय सदस्य तथा वडाध्यक्ष डिल्लीप्रसाद आचार्य, मुल आयोजक समितिका संयोजक तथा महासंघका जिल्ला अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ, प्राध्यापक डा. बाबुराम ज्ञवाली, बुटवलका पुर्व नगरप्रमुख पुनाराम पोखरेल, पुर्व जिसिअ टेकबहादुर थापालगाएतले बिश्व हिन्दु महासंघले उठाएका मुद्धाहरुका बारेमा चर्चागरेका थिए ।
महासभा तथा अधिबेशनमा देशभरबाट करिब १ हजार ३ सय प्रतिनिधी तथा पर्यबेक्षकहरु र बिदेशबाट समेत अतिथी र प्रतिनिधीहरु सहभागि हुने वरिष्ठ अधिबक्ता बेनबहादुर पौडेलले बताउनु भयो । पश्चिम नवलपरासीको भुमहीमा केन्द्रिय भवन लगाएतका संरचना निर्माण गरिने उल्लेख गर्दै पौडेलले बन्द सत्र र अधिबेशन लगाएतका कार्यक्रमहरु बुटवलमा सम्पन्न हुने बताउनु भयो ।
प्रकाशित मिति : बुधबार, चैत्र १५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्