मन्त्रालय भागबन्डामा सहमतिसँगै आज मन्त्रिपरिषद् विस्तारको तयारी

मन्त्रालय भागबन्डामा सहमतिसँगै आज मन्त्रिपरिषद् विस्तारको तयारी

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने

काठमाण्डाै – मन्त्रालय भागबन्डामा सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । सत्तागठबन्धनमा रहेका ११ मध्ये तत्काल नौ दल सरकारमा सहभागी हुने गरी मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

गठबन्धनमा कसले कति मन्त्रालय पाउने टुङ्गो लागेको छ । तर,  कुन दलले कुन–कुन मन्त्रालय पाउने भन्नेबारे टुङ्गो लाग्न बाँकी छ । यस विषयमा आज छलफल गरी टुङ्गो लगाउने र मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । कुन मन्त्रालय कसले पाउने भन्ने प्रस्ताव ल्याउन प्रधानमन्त्रीलाई नै जिम्मा दिइएको गठबन्धनका नेताहरुले बताएका छन् ।

हिजो बसेको गठबन्धनको बैठकमा कांग्रेसले आठ, माओवादीले पाँच, एकीकृत समाजवादी र जसपाले दुई–दुई, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आम जनता पार्टीले एक–एक मन्त्रालय पाउने गरी सहमति भएको छ । जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सहभागी नभए पनि सत्तागठबन्धनले उसका लागि तीन मन्त्रालय सुरक्षित राखेको छ ।

यस्तै, आज मन्त्रिपरिषद् विस्तारसँगै सरकारको न्यूनतम साझा कार्यक्रम पनि सार्वजनिक गर्ने सत्ता गठबन्धनको तयारी छ । साझा कार्यक्रमको मस्यौदामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको रक्षा, देशको स्वाधीनता र राष्ट्रिय हितको संवर्द्धन, गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचार, नागरिकतालगायत अत्यावश्यक ऐन निर्माणका मुद्दा समेटिएका छन् ।

यसैबीच, आठ मन्त्रालय पाएको नेपाली कांग्रेसले मन्त्रीको नाम टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ।

प्रकाशित मिति : बिहिबार, चैत्र १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij