मन्त्रिपरिषद् आज विस्तार हुँदै, त्यसअघि सत्ता गठबन्धनको बैठक

मन्त्रिपरिषद् आज विस्तार हुँदै, त्यसअघि सत्ता गठबन्धनको बैठक

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सरकारलाई पूर्णता दिँदै छन्।

 

 

मन्त्रीहरूको शपथग्रहण शुक्रबारका लागि तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। सत्ता गठबन्धनको बैठक बिहीबार पटक–पटक बसे पनि सहमतिमा ढिलाइ हुँदा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो।

सरकारलाई पूर्णता दिनका लागि बिहीबार बिहान र बेलुका गरी दुई पटक बैठक बसेको थियो तर प्रधानमन्त्रीको व्यस्तता र दलहरूको आन्तरिक तयारीका कारण मन्त्रिपरिषद् विस्तार शुक्रबारका लागि सारिएको सचिवालयले जनाएको छ।

गठबन्धनको बैठक चलिरहेकै वेला प्रधानमन्त्री प्रचण्ड चितवनको कार्यक्रममा सहभागी हुन गएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाका अनुसार शुक्रबार बिहान एक चरण बैठक बस्नेछ। त्यसपछि मन्त्री र मन्त्रालय चयनलाई अन्तिम रूप दिइनेछ। त्यसपछि नयाँ मन्त्रीहरूको शपथग्रहण गराइनेछ।

प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन गृहकार्य अघि बढाए साँझसम्म केही कुरामा साझेदार सहमति हुन नसकेको उनको निजी सचिवालयले जनाएको छ । केही बुँदामा सहमति हुन नसकेपछि प्रचण्डले बिहीबार साँझ बालुवाटारमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै वार्ता गरेका थिए।

प्रकाशित मिति : शुक्रबार, चैत्र १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij