JanataToday.com

Advertisment

SKIP THIS

नेपाल र ओमानले आज कीर्तिपुरमा अभ्यास खेल खेल्दै

नेपाल र ओमानले आज कीर्तिपुरमा अभ्यास खेल खेल्दै

काठमाण्डाै – नेपाल र ओमानले आज एकदिवसीय अभ्यास खेल खेल्दैछन् । खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुर मैदानमा सुरु हुँदैछ ।

एसीसी प्रिमियर कप अघि नेपालले ओमानसँग अभ्यास खेल  खेल्न लागेको हो । यो अभ्यास खेल भएकाले अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्दैछन् । अभ्यास खेलपछि नेपालले अन्तिम टोली घोषणा गर्नेछ ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्व कप छनोटमा पुगेका थिए । एसीसी प्रिमियर कप मङ्गलवार वैशाख ५ देखि १८ गतेसम्म कीर्तिपुर र मूलपानी मैदानमा हुँदैछ । समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।

समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीमा खेल्नेछ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ ।

नेपालले साउदी अरबसँग वैशाख ११ गते मूलपानीमा खेल्नेछ । त्यस्तै, वैशाख १४ गते कतारसँग नेपालको खेल हुनेछ । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते हुनेछ । एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।

शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

प्रकाशित मिति : शनिबार, बैशाख २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij