दूधकाे रकम नदिएको भन्दै बुटवलका दुई डेरी पसलमा धर्ना

दूधकाे रकम नदिएको भन्दै बुटवलका दुई डेरी पसलमा धर्ना

बुटवल
दुध खरिद गरेको रकम नदिएको भन्दै बुटवलका दुइ वटा डेरी पसलमा किसानहरूले धर्ना दिएका छन् ।

बुटवलको पाठक दुध डेरी र कस्तुरी मिष्ठान्न भण्डारले दुध खरिद गरेको किसानको रकम तिर्न ढिलाइ गरेपछि किसानहरुले धर्ना दिनुपरेको हो ।

रूपन्देहीको सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दुध बेचेका किसानहरु रकम नपाएपछि दुवै पसल अगाडि धर्ना दिएका हुन् ।

‘पटक पटक पैसाको माग गरेपनि कस्तुरी र पाठकले पैसा तिर्न आनाकानी गरेपछि धर्ना दिन बाध्य भएका हौ’ सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरेले भने । उनका अनुसार कस्तूरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले गरी कुल २५ लाख ३० हजार ४ सय रकम किसानको दिन बांकी छ ।

कस्तुरी मिष्ठान्न भण्डारले १३ लाख ७० हजार ४ सय र पाठक दुध डेरीले ११ लाख ६० हजार तिर्न बांकी रहेको उनले बताए । पटक पटक चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्काउंदै आएकाले अनिश्चितकालीन धर्ना शुरु भएको उनीहरुको भनाइ छ ।

दुबै पसलले रकम दिने बाचा गरेपछि धर्ना टुंगिएको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij