JanataToday.com

Advertisment

SKIP THIS

एसीसी प्रिमियर कपमा नेपालकाे सानदार सुरुवात, मलेसियालाई ६ विकेटले हरायाे

एसीसी प्रिमियर कपमा नेपालकाे सानदार सुरुवात, मलेसियालाई ६ विकेटले हरायाे

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले सानदार सुरुवात गरेकाे छ । नेपालले आज मङ्गलवार भएकाे पहिलाे खेलमा मलेसियालाई ६ विकेटले हरायाे ।

मलेसियाले दिएकाे २ सय ३६ रनकाे लक्ष्य नेपालले ३६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालका लागि भीम सार्कीले ७१, कुशल मल्लले नटआउट ७०, कप्तान राेहित पाैडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । बलिङतर्फ मुहम्मद वकिफ, रिजवान हैदर, विजय उनी र विरनदीप सिंहले १/१ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो । मलेसियाका कप्तान अहमद फैजले ७६ र विरनदीप सिंहले ४६ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले ३/३ विकेट लिए । त्यस्तै ललित राजवंशीले २ र गुलसन झाले १ विकेट लिए ।

नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ । नेपालले साउदी अरबसँग वैशाख ११ गते मूलपानीमा खेल्नेछ । त्यस्तै, वैशाख १४ गते कतारसँग नेपालको खेल हुनेछ । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते हुनेछ ।

एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीमा खेल्नेछ ।

प्रकाशित मिति : मंगलबार, बैशाख ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij