प्रेस युनियन रुपन्देहीको अधिवेशन वैशाख २९ गते गर्ने निर्णय

प्रेस युनियन रुपन्देहीको अधिवेशन वैशाख २९ गते गर्ने निर्णय

बुटवल ।

नेपाल प्रेस युनियन रुपन्देहीको अधिवेशन यही वैशाख २९ गते गर्ने निर्णय भएको छ। आइतबार बुटवलमा बसेको कार्यसमिति बैठकले वैशाख २९ गते भव्यताका साथ अधिवेशन गर्ने निर्णय गरेको सभापति रेखा भुसालले जानकारी दिनुभयो।
नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालको प्रमुख आतिथ्ययतामा बसेको बैठकले अधिवेशन समन्वय समिति गठन देखि अधिवेशन सफल पार्न विभिन्न उपसमितिहरू गठन गरेको छ।
अधिवेशन तयारीका लागि युनियनका पुर्व सभापति तथा सल्लाहकार खिमानन्द भट्टराईको संयोजकत्वमा सल्लाहकारहरु माधव नेपाल, छबि पाण्डे,हरिष ढकाल,रामराज पोखरेल,भवानि प्रसाद पाण्डे, बिक्रम खडका, यमलाल भुसाल र अध्यक्ष रेखा भुसाल सहितको समन्वय समिति गठन गरिएको छ। त्यस्तै निर्वाचन समिति, कार्यक्रम स्थल व्यवस्थापन समिति,अतिथि सत्कार,संचार डाइरेक्ट्रि प्रकाशन लगायतका उपसमितिहरु गठन गरिएको छ।
बैठकले सल्लाहकार माधब नेपालको संयोजकत्वमस तीन सदस्यीय जिपि कोइराला स्मृति पत्रकारिता पुरस्कार छनोट समिति गठन गरेको छ । समितिको सदस्यमा सल्लाहकार हरिस ढकाल र सभापति रेखा भुसाल हुनुहुन्छ ।
सल्लाहकार छबि पण्डेको संयोजकत्वमा टोप सुशीला शिक्षा पत्रकारिता पुरस्कार छनोट समिति गठन गरिएको छ ।छनोट समितिमा पुरस्कारको कोषका संस्थापक लाल प्रसाद पङ्गेनी ९कृष्ण० र सभापति रेखा भुसाल रहेको कार्यवाहक सचिव कल्पना तिवारीले जानकारी दिनुभयो।
वैशाख १६ गते देखी ३१ गते सम्ममा जिल्ला शाखाहरूको अधिवेशन गर्ने केन्द्रीय समितिको निणर्य अनुरुप रुपन्देही शाखाले यहि वैशाख २९ गतेकालगि अधिवेशनको मिति तोकेको हो ।
बैठकमा बोल्दै केन्द्रीय सभापति लम्सालले श्रमजीवी पत्रकारहरको हकहितका लागि नेपाल प्रेस युनियन देशभर सशक्त ढंगले अगाडि बढेको बताउनु भयो।
अध्यक्ष लम्सालले रुपन्देही शाखाको क्रियाशीलता उत्कृष्ट र प्रसंसायोग्य रहेको भन्दै आगामी दिनमा यो गरिमा कायम राख्नुपर्ने बताउनु भयो।
बैठकमा सल्लाहकारहरू माधव नेपाल ,हरिश ढकाल ,रामराज पोखरेल ,विक्रम खड्का, उपसभापति कविन्द्र नेपाल,दिपक घिमिरे, झबिन्द्र देवकोटा लगायतले बोल्दै लोकतन्त्रको रक्षा, बिधिको शासन, प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि युनियनलाई बलियो बनाउने बताउनु भयो।

प्रकाशित मिति : आइतबार, बैशाख १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij